0
Shares
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–७ फेदीमा चेकजाँचका क्रममा प्रहरीले ट्रकभित्र लुकाएर राखिएको १ हजार २४० किलो ६ सय ग्राम गाँजा बरामद गरेको छ।
मंगलबार राति कोशी लोकमार्गमा धनकुटाबाट भेडेटारतर्फ जाँदै गरेको ना ४ ख ५२७ नम्बरको ट्रकलाई प्रहरीले चेकजाँचका लागि रोक्न खोजेको थियो।
प्रहरीले रोक्न संकेत गरेलगत्तै ट्रक चालक सवारीबाटै हाम फालेर फरार भएपछि प्रहरीलाई ट्रकप्रति शंका लागेको थियो।
त्यसपछि ट्रक खानतलासी गर्दा भित्र लुकाएर राखिएको ठूलो परिमाणको गाँजा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गाँजासहित ट्रक नियन्त्रणमा लिएको छ। फरार चालकको खोजी भइरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।