बालेनले बाेलाए मन्त्रीपरिषद् बैठक

0 Shares

काठमाडौँ । बाढी प्रभावित क्षेत्रमा उद्धार तथा पुनर्स्थापनालाई थप प्रभावकारी बनाउन प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रीपरिषद्को विशेष बैठक बोलाएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्ने उक्त बैठकमा प्राकृतिक विपत्तिपछिको राहत वितरण, घाइतेको उपचार र विस्थापितहरूको पुनःस्थापनाबारे महत्त्वपूर्ण निर्णयहरू गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार बैठकमा भोटेकोशी बाढीको वर्तमान स्थिति, कटान क्षेत्रको निरीक्षण प्रतिवेदन तथा देशका समसामयिक राजनीतिक र प्रशासनिक विषयहरूमा समेत छलफल हुनेछ ।
रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण पुगेको गम्भीर क्षतिपछि सरकारले खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिन आपत्कालीन कदम चालेको छ ।

सम्बन्धित समाचारसबै