बालेनको अमेरिका यात्रा : यस्तो छ तालिका

0 Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार, असोज ६ गते साँझ अमेरिका प्रस्थान गरेका छन्। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा हुँदै न्यु योर्कतर्फ लागेका हुन्।

यस्तो छ प्रधानमन्त्री शाहको भ्रमण तालिका

असोज ६ गते, मंगलबार
प्रधानमन्त्री शाह साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दोहा हुँदै न्यु योर्कका लागि प्रस्थान गरेका छन्। दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत तथा नेपाली अधिकारीहरूले उनलाई स्वागत गर्ने कार्यक्रम छ।

असोज ७ गते, बुधबार
प्रधानमन्त्री शाह दोहाबाट न्यु योर्क प्रस्थान गर्नेछन्। न्यु योर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली अधिकारीहरूले उनलाई स्वागत गर्नेछन्। त्यसपछि उनी संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा जानेछन्।

त्यहाँ परराष्ट्र सचिव, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत तथा न्यु योर्कस्थित महावाणिज्यदूतले उनलाई भ्रमणबारे ब्रिफिङ गर्नेछन्।

असोज ८ गते, बिहीबार
प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नेछन्। त्यसलगत्तै उनले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ।

असोज ९ गते, शुक्रबार
प्रधानमन्त्री शाह न्यु योर्कबाट दोहातर्फ प्रस्थान गर्नेछन्। दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली अधिकारीहरूले उनलाई स्वागत तथा बिदाइ गर्ने कार्यक्रम छ।

असोज १० गते, शनिबार
प्रधानमन्त्री शाह दोहा हुँदै काठमाडौं फर्किनेछन्। उनको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने तालिका छ।

सम्बन्धित समाचारसबै