१५औँ महाधिवेशनमा नयाँ पुस्ताको दस्तक,रक्षा यादवको उम्मेदवारी

0 Shares

नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र युवा पुस्ताको प्रतिनिधित्वको बहस पनि तीव्र बनेको छ।
नयाँ पुस्ताको सोच र राजनीतिमा युवाको अर्थपूर्ण सहभागितालाई प्राथमिकतामा राख्दै रक्षा यादवले केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा आफ्नो उम्मेदवारी अघि सारेकी छन्।

विशेषगरी जेन्जी पुस्ताले राजनीतिमा पारदर्शिता, जवाफदेहिता, अवसर र पुस्तान्तरणको आवाज उठाइरहेको बेला यादवको उम्मेदवारीलाई युवा पुस्ताको आवाज पार्टीको निर्णायक तहसम्म पुर्‍याउने प्रयासका रूपमा प्रस्तुत गरिएको छ।
रक्षा यादव भन्छिन् -अब युवा केवल नारामा होइन, पार्टीको नीति निर्माण र निर्णय प्रक्रियामै सहभागी हुनुपर्छ।

कांग्रेसलाई समयअनुकूल बनाउँदै नयाँ पुस्ताको अपेक्षा, प्रविधि, रोजगारी, शिक्षा र अवसरका सवाललाई पार्टीको मूल एजेन्डासँग जोड्नुपर्ने उनको धारणा छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनले नेतृत्व चयनसँगै पार्टीको आगामी दिशा र पुस्तान्तरणको आधारसमेत तय गर्ने भएकाले रक्षा यादवजस्ता युवा प्रतिनिधिको उपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

सम्बन्धित समाचारसबै