नेकपा माओवादी केन्द्रले एमालेका सांसद योगेश भट्टराईले प्रतिनिधिसभा दिएको अभिव्यक्तिको भत्र्सना गरेको छ ।
संसदमा बुधबार भट्टराईले माओवादीको १० वर्षे शसस्त्र संघर्षलाई राजनीतिक हिंसा भनेपछि प्रतिनिधि सभामा तनाव भएको थियो । माओवादीका सांसदहरूले तत्कालै सो भनाई रेकर्डबाट हटाउन माग गरेका थिए । भट्टराईको विवादास्पद अभिव्यक्तिको पूर्व मन्त्री शिवकुमार मण्डलले घोर आपत्ती जनाएका छन् ।
भित्रको खबर संगको अन्तर्वार्तामा पूर्व मन्त्री मण्डलले एमालेको गलत क्रियाकलापको सशक्त ढंगबाट प्रतिकार गर्ने बताएका छन् । उनले भट्टराईलाई प्रधानमन्त्री केपी ओलीको हनुमानको संज्ञा दिए । आफ्नो खुस्किँदै गएको राजनीतिक धरातल जोगाउन आफ्नो मालिक ओलीको पाउभक्ति गरेको पूर्व मन्त्री मण्डलले बताएका छन् । पूर्वले विगतमा माओवादी पार्टीले गरेका भ्रष्टाचार विरोधी काम, सुशासनका कार्य, ठुलाठुला भ्रष्टाचारका काण्डमा मुछिएका व्यक्तिहरू विरूद्धको कारवाही, विकास जस्ता ऐतिहासिक कामहरू कांग्रेस, एमाले लगायतका पार्टीलाई नपचेको बताए । कुकुर जस्तो वफादारीता देखाउन ओली भक्ती गर्दै आफ्नो स्वार्थको खेती गर्नका लागि भट्टराईले विवादास्पद र अमर्यादित अभिव्यक्ति प्रतिनिधि सभामा दिएको पूर्व मन्त्री मण्डलले बताए ।
उनले कांग्रेस, एमाले र माओवादी एउटै हो भन्ने जुन भ्रम जनतामा फैल्याइएको थियो तर माओवादी फरक हो भनी सुशासनको क्षेत्रमा, विकासको क्षेत्रमा , भ्रष्टाचार विरूद्धको क्षेत्रमा, रोजगारी सिर्जना गर्ने सवालमा गरेको चीरस्मरणीय काम र व्यवहारले देखाएको हुँदा भट्टराईसमूह लगायतका एमाले र कांग्रेस अत्तालिएको बताए ।
पूर्वमन्त्री मण्डलले भने,‘ माओवादीले कसैले हिम्मत नै गर्न नसकेको ठुला ठुला भ्रष्टाचारको फाइल खोलीसकेको, जनआकंक्षाका र जनसवालका विषयमा माओवादीले प्राप्त गरेको सफलता, लोकप्रियता र जनताको आशा र भरोसाको केन्द्र माओवादी पार्टी बन्दै गइसकेपछि कांग्रेस एमालेको होस गुमेको छ । ’ उनले नेपालमा जे जति मुल उपलब्धी भएका छन् ती सबैको जननी जनयुद्ध नै भएको सबैले बुभ्mन जरूरी रहेको बताए । उनले जनयुद्ध आम जनताले बलिदान र संघर्ष गरेको आन्दोलन रहेको बताए । जनयुद्ध कुनै व्यक्ति वा आम समूहले नभई आम जनताले सफल पारेको र प्राप्त उपलब्धीको रक्षा गर्न माओवादी जुनसुकै हदसम्म जान तयार रहेको पूर्वमन्त्री मण्डलले बताए ।
पूर्वमा झापादेखि पश्चिमको रूकुम रोल्पासम्म र तराईदेखि हिमालसम्मका उत्पीडित जाती, वर्ग , क्षेत्र, मधेसी दलित, महिला, आदिवासी जनजाती, किसान र मजदुरहरूको बलिदान र आम राष्ट्रप्रेमी जनताहरू जसले यो देशमा यस्ता अपराधिक व्यवस्था र एकात्मक व्यवस्थाका विरूद्ध संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका लागि ठूलो त्याग र बलिदानबाट ल्याइएको आन्दोलनलाई आज अपराधिक मानसिकता भएकाले जसरी अपमान गरेको देखिएको पूर्व मन्त्री मण्डलले बताए । केहि तथाकथितहरूको जनयुद्धप्रति ईष्र्या र डाह बढेको थियो, यो उपलब्धीप्रति तीनै अपराधीको रिस पोखिएको पूर्व मन्त्री मण्डलले बताए ।
पूर्व मन्त्री मण्डलले आम जनताको राज्यसँग पहुँच स्थापित गर्ने कुरा होस् वा उत्पीडित समूदायको अधिकार प्राप्तिको कुरा होस् , माओवादीले एक कदम अघि बढेर सम्पूर्ण नेपाली जनताको पहुँच र अधिकार सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेको बताए ।
उनले राज्यप्रति अपनत्वको अनुभुति हुने गरी व्यवस्थाले जे अधिकार दिएको छ, आम जनताले पाएको अधिकारलाई सहन नसकेर पछिल्लो चरण प्रधानमन्त्री केपी ओलीको राष्ट्रवादको नक्कली मुकुण्डोको आडमा माफिया, भ्रष्टाचारी, अपराधी, एनजीओ आइएनजीओ, सहकारीका दलालहरू सक्रिय भएको आरोप लगाए । सबैतिर एमालेको नियन्त्रण र पकड भएको र राज्यलाई अत्यन्य नियन्त्रित गरी अपराधीहरूले निरंकुश शासन गर्न खोजेको पूर्व मन्त्री मण्डलको आरोप छ । माओवादी अध्यक्ष प्रचण्डले जे काम गरेका छन्, त्यो यथार्थ जनताका सामु आइसकेपछि एमालेमा एक प्रकारको आक्रोश रहेको पूर्व मन्त्री मण्डलको तर्क थियो ।
उनले संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि सबैभन्दा बढी भ्रष्टाचारमा मुछिएको एमाले, अपराधीको नाइके बनी एकखालको गतिविधि केपी ओली लगायतले गरेको बताए । जनयुद्ध, संविधानको विरूद्ध, संसदको कार्यविधिभन्दा बाहिर गएर जे खालको अभिव्यक्ति आइरहेको छ, यसले एमालेको यथार्थ चरित्र घामजस्तै छर्लङ भएको मण्डलले बताए ।
उनले एमालेको गलत प्रवृत्तिलाई सहँदै माओवादी चुप लागेर नबस्ने बताए । एमालेले जे जस्तो गलत कदम चाल्छ त्यहि खालको प्रतिरोध गरिने पूर्व मन्त्री मण्डलले बताए । संसदमा भट्टराईले जे खालको अभिव्यक्ति दिए त्यसका विरूद्ध माओवादीका सांसदले प्रतिरोध गरेको बताए । उनले सार्वजनिकदेखि विभिन्न फोरमहरूमा एमालेको सबै प्रकारको गलत प्रवृत्तिको विरोधमा माओवादीले कदम चाल्ने स्पष्ट पारे ।
पूर्व मन्त्री मण्डलले माओवादी विरूद्धको जस्तोसुकै षडयन्त्र, कुठाराघातको स्वस्र्फूत रूपमा सशक्त प्रतिकार गर्ने चेतावनी दिए ।