सिरहामा सार्वजनिक शान्तिविरुद्धको कसुर: तोडफोड र आगजनीका मुख्य आरोपी वडाध्यक्ष पक्राउ ||

0 Shares

सिरहाको गोलबजार नगरपालिका–११ का वडाध्यक्ष सोहेब अनवर सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका छन्। गत साउन महिनामा सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएका तोडफोड तथा आगजनीका घटनामा उनको मुख्य भूमिका रहेको आरोप छ।

‘हिन्दु सम्राट् सेना’ नामक संस्थाका केही व्यक्तिले दिएको जाहेरीका आधारमा प्रहरीले उनीविरुद्ध मुद्दा दर्ता गरेको थियो। घटनापछि उनी प्रहरीबाट बच्न विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका थिए। घर आएको विशेष सुराकीका आधारमा प्रहरीले उनलाई गोलबजारबाट नियन्त्रणमा लिएको हो।

प्रहरीले वडाध्यक्ष अनवरको संलग्नताबारे अहिले थप अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ।

सम्बन्धित समाचारसबै