0
Shares
विगतमा लामो समय सीम एक्टिभ राख्ने सुविधा दिएर काठमाडौँ उपत्यका बाहिर गज्जबको पहूँच बनाएको एनसेलले पछिल्लो समय रणनीति बदल्यो । यसका लागि रिचार्जको ‘भ्यालिडिटी पिरियड’ (वैधता अवधि) ज्यादै संकुचित ढंगले लागू गर्न थाल्यो ।
कम्पनीले केही महिना यता ५० देखि ९९ रुपैयाँसम्मको रिचार्ज गर्दा जम्मा ७ दिन बैधता दिने भयो । ५०० देखि ९९९ सम्म रिचार्ज गर्नेले ५० दिन र १००० देखि माथिको रिचार्जका लागि ९० दिनको भ्यालिडिटी राखियो ।
त्यसबाट पनि हरेक दिन औसत ७ रुपैयाँभन्दा बढी खर्च गर्नैपर्ने अवस्था आयो । यसरी रिचार्ज भ्यालिडिटी घटाएको विषयमा सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि एनसेलले आफ्नो नियमलाई सुटुक्क सच्याएको छ ।