प्रधानमन्त्री नेतन्याहुले दोस्रो चरणको युद्धविराम सफल नभएमा फेरि युद्ध सुरु गर्ने चेतावनी-BHITRAKOKHABAR-

0 Shares

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले युद्धविराम अस्थायी भएको भन्दै हमासविरुद्ध फेरि युद्ध गर्न तयार रहेको बताएका छन् ।पहिलो चरणको युद्धविराम सुरु हुनुअघि टेलिभिजनमार्फत् देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री नेतन्याहुले दोस्रो चरणको युद्धविराम सफल नभएमा फेरि युद्ध सुरु गर्ने चेतावनी दिएका हुन् । उनले हमासविरुद्ध गाजा क्षेत्रमा आक्रमण गर्ने अधिकार इजरायललाई रहेको दाबी गरेका छन् ।१५ महिना लामो युद्धपछि सन् २०२५ जनवरी १५ मा इजरायल र हमासबीच युद्धविराम सहमति भएको थियो । युद्धविराम तीन चरणमा हुने छ । पहिलो चरण आज १९ जनवरीदेखि १ मार्चसम्म हुने छ । पहिलो चरणमा इजरायलको जेलमा बन्द प्यालेस्टिनी रिहा हुनेछन् । त्यसको बदलामा ३३ इजरायली बन्धक रिहा हुनेछन् ।

इजरायली सेना गाजा क्षेत्रबाट सात सय मिटर पछि हट्ने छन् ।पहिलो चरणको युद्धविराम सफल भएमा दोस्रो चरणको युद्धविराम सुरु हुने छ । यस चरणमा दुवैपक्षबाट कुनै पनि आक्रमण नगर्ने, राहत सामग्री आपूर्ति गर्ने र बन्दी रिहाइ जारी राख्ने सहमति छ ।तेस्रो चरणमा भने इजरायलको आक्रमणबाट ध्वस्त गाजा क्षेत्रको पुनर्निर्माण गरिने छ।युद्धविरामको क्रममा इजरायलले १ हजारभन्दा बढी प्यालेस्टिनीलाई रिहा गर्ने जनाइएको छ ।युद्धविराम कार्यान्वयनमा आउनुअघिको टेलिभिजन सम्बोधनको क्रममा नेतन्याहुले अमेरिकी राष्ट्रपटि डोनाल्ड ट्रम्प समेत इजरायलको पक्षमा रहेको जिकिर गरे ।

सम्बन्धित समाचारसबै