लाइफ़्गार्ड हस्पिटलको नि:शुल्क स्वाश्थ्य शिविर-BHITRAKOKHABAR-

0 Shares

कट्टर नगरपालिका वार्ड न ८ उदयपुर तथा त्रियुगा मेडिकल हल र वडा न ८ को आयोजकत्वमा निशुल्क स्वास्थ शिविर कार्यक्रम सम्पन्न भएको छ ।

कट्टर नगरपालिका नगरपालिका अवस्थित रहेको श्री खाट्मन्दिर आधारभूत विद्यालयमा कट्टर नगरपालिका वार्ड न ८ को कार्यालय तथा त्रियुगा मेडिकल हल र लाइफ़्गार्ड हस्पिटलको प्रविधिक सहयोगमा उक्त शिविर गरिएको हो ।

शिविरमा वरिष्ट फिजिसिएन तथा सर्जन डाक्टरहरु डाक्टर इकबाल अहमद, डाक्टर शिवराजा, डाक्टर सन्तोष कुमार मेहता, डाक्टर अभिषेक चौधरी र रेडियोलि डिपार्टमेन्ट बाट डाक्टर शेखर कुमार मेहता, सिनियर मेडिकल अफिसर्स टिम डाक्टरहरु उमेश कुमार महतो, प्रमोद कुमार मेहता,अमरेन्द्र कुमार यादव संगै अस्पतालका ५ जना नर्सहरु सहित प्यारामेडिक टिमको सहभागिता लगायत अन्य स्वास्थकर्मीहरुको सहभागिता रहेको थियो ।

विहान १० बजे देखि सुरु गरिएको नि शुल्क स्वास्थ शिविरमा उपचार सहित औषधी वितरण , ब्लड सुगर चेक जाँच,इसिजी र यु एस जी पनि गरिएको लाइफ़्गार्ड हस्पिटलको पब्लिक रिलेसन अफिसर मेराज अहमदले जानकारी दिए । शिविरमा वडा न. ८ सहित अन्य वडाका मानिसहरुको पनि उपस्थिती रहेको उनले जानकारी दिए ।

उपचार गर्नेको संख्या पहिलो दिन ५०० जना भन्दा बढी र दोश्रो दिन भने २५० जना भन्दा बढी रहेको छ। अफिसर अहमदले भने : उपचार गर्नको लागि वृद्धहरुको संख्या धेरै रहेको थियो र विषेश गरि ओषधी र चेकजाँच गर्नेको संख्या धेरै रहेको उनले बताए । साथै वडा अध्यक्ष, वडा सचिव लगायत स्वास्थ्य साखा र मेडिकल हलका सम्पुर्ण स्वास्थ्यकर्मीहरुको पूर्ण सहयोग रहेको बताए।

लाइफ़्गार्ड हस्पिटल बिराटनगर बिगत लामो समय देखि पहुच नपुगेका जिल्लाहरुमा पुगी निरन्तर निशुल्क स्वाश्थ्य शिविर सेवालाई प्राथमिकतामा राखी स्वाश्थ्य शिविर गर्दै आइरहेको छ , हस्पिटलका चिकित्सक टोलि हरेक महिना जिल्ला जिल्ला पुगी निशुल्क औषधि वितरण देखि चेक जांच समेत गरिरहेको छ ।

सम्बन्धित समाचारसबै