विराटनगर । अनेरास्ववियू (क्रान्तिकारी) २३ औं राष्ट्रिय सम्मेलन बाट केन्द्रिय सचिवमा अमर मण्डल निर्वाचित भएका छन ।
संगठनको २३ औं राष्ट्रिय सम्मेलन असोज १० गते त्रिभुवन विश्वविद्यालयको स्मृति हल मा तत्कालीन प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा उद्घाटन भएको थियो ।
क्रान्तिकारी भित्र उमेर हद लगाउने वा खुल्ला गर्ने बारेमा साङ्गठिक बहसले निकै बिबाद लिएको थियो । बन्द सत्रलाई रोकेर विभिन्न छलफल संम्वाद बाट पुष १४ गते उमेर हद ३२ वर्ष लागू गर्ने एजेन्डामा मतदान भएको थियो । उक्त निर्वाचन परिणाम बाट अखिल क्रान्तिकारी भित्र उमेर हद ३२ कायम भएर अहिले नेतृत्व छनौटको लागी माघ १२ गते देशका सात प्रदेशमा मतदान भएको थियो । भुलोगाल र विश्वविद्यालय गरेर ९ प्रदेश बाट करिब २३०० विद्यार्थी प्रतिनिधिहरु मतदाता थिए ।
अमर मण्डलले गरेका पूर्वाञ्चल विश्वविद्यालय लगायत अन्य क्याम्पसहरुमा विद्यार्थीहरुको हक अधिकार सुनिश्चितको कामहरुलाई विद्यार्थी नेताहरु ले मूल्यांकन गरेर बहुमतका साथ केन्द्रिय सचिव (मधेशी) तर्फ उनलाई विजय गराएका हुन्।