अबदेखि ड्राइभिङ लाइसेन्स १८ प्रकारका हुने-BHITRAKOKHABAR-

0 Shares

अबदेखि ड्राइभिङ लाइसेन्स १८ प्रकारका हुने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार पारेको ‘राष्ट्रिय यातायात नीति’को मस्यौदामा ड्राइभिङ लाइसेन्सलाई १८ क्याटेगोरीमा विभाजन गरिएको छ । सवारी चालकलाई इटरनेसनल स्टयाडर्डको लाइसेन्स दिने नीतिमा संशोधन गर्न लागिएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार पारेको ‘राष्ट्रिय यातायात नीति’को मस्यौदामा ड्राइभिङ लाइसेन्सलाई १८ क्याटेगोरीमा विभाजन गरिने उल्लेख छ ।झन्डै २३ वर्ष पुरानो यातायात नीतिको संशोधन मन्त्रिपरिषद् जाने अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ । गत कार्तिकमा अर्थ मन्त्रालयले राष्ट्रिय यातायात नीति २०८१ को मस्यौदालाई स्वीकृति दिएको थियो । अर्थ मन्त्रालयबाट सहमति पाएपछि यातायात मन्त्रालयले उक्त नीतिलाई पुस २३ गते कानुन मन्त्रालयमा पठाएको थियो ।

अब कानुन मन्त्रालयबाट स्वीकृति पाएपछि मन्त्रिपरिषद्‌मा लैजाने तयारी रहेको मन्त्रालय स्रोतले जनाएको छ ।नयाँ नीति अनुसार दुई पांग्रे वा साइडकार भएको तीन पांग्रे सवारी साधनलाई ‘ए’ क्याटेगोरीको लाइसेन्स दिइने छ । जसमा एलवान, एल थ्री र एल फोर गरी तीन वर्गमा इन्जिन जडित साइडकार भएको वा नभएको कुनै पनि दुई पांग्रे सवारीलाई छुट्ट्याइएको छ ।त्यस्तै, दुई पांग्रे स्कुटर तथा मोपेडलाई ‘एएम’ क्याटेगोरीको लाइसेन्स दिइने छ । ‘एएम’ क्याटेगोरीमा एल वान, एल थ्री र एल फोरगरी तीन वर्गमा छुटाइएको छ । यसमा इन्जिन जडित साइडकार भएको वा नभएको तर, गियर बिनाको दुई पांग्रे सवारी पर्नेछन् ।लाइसेन्सको अर्को क्याटोरीमा ‘ए वान’ राखिएको छ ।

यसमा दुई पांग्रे(हलुका) सवारी पर्नेछन् । यसमा पनि एल वान, एल थ्री र एल फोरगरी तीन वर्ग हुनेछन् । यसमा १२५ सीएमथ्रीभन्दा कम क्षमता र ११ किलोवाटभन्दा कम पावर भएका दुई पांग्रे सवारी साधनहरू पर्नेछन् ।गत असार ३१ गते पदभार ग्रहण गर्दै यातायात मन्त्री देवेन्द्र दाहालले ‘राष्ट्रिय यातायात नीति’ मन्त्रिपरिषद्मा पठाउने पहिलो निर्णयमा हस्ताक्षर गरेका थिए । तर, अर्थ मन्त्रालयको सहमति नलिएको भन्दै नीतिको मस्यौदा मन्त्रिपरिषद्‌बाट फिर्ता भएको थियो । मन्त्री दाहालले मन्त्रालयले कार्यभार सम्हालेको सात महिना हुनै लाग्दा ‘राष्ट्रिय यातायात नीति संशोधनसहित पुनः मन्त्रिपरिषद्मा पठाउने अन्तिम तयारी छ ।

सम्बन्धित समाचारसबै