ओली र किसान श्रेष्ठबीच भेट, राष्ट्रपति चुनावबारे छलफल

0 Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठसँग भेट गरेका छन् ।

मंगलबार दिउँसो ओलीलाई भेट्न श्रेष्ठ बालकोट पुगेका थिए । उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको ओलीको सचिवालयले जनाएको छ ।

 

स्रोतका अनुसार उनीहरुबीच राष्ट्रपति चुनावकै विषयमा कुराकानी भएको थियो ।

सोमबार नेकपा एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेको स्रोतको दाबी छ ।

 

सम्बन्धित समाचारसबै