गोल्डेन अस्पतालको वार्षिकउत्सव: आश्रमका बालकहरुलाई ड्रेस तथा फलफुल वितरण

0 Shares

विराटनगर: विराटनगर स्थित अस्पताल चौकमा रहेको गोल्डेन हस्पिटलले आज १२ औ बर्ष पार गरि १३ औ बर्षमा प्रवेश गरेको छ । अस्पतालले विभिन्न कार्यक्रम गरि १३ औं वार्षिकउत्सव मनाएको छ।

डा शिव अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अस्पतालका उत्कृष्ट कर्मचारी, डाक्टर,नर्स तथा विभिन्न बिभागमा कार्यरत कर्मचारीहरुलाई उचित कार्यको मुल्याङ्कनको आधारमा कदर पत्र सहित १९ जनालाइ सम्मान गरिएको छ ।

साथै अस्पताल उपचारारत बिरामीहरुलाई अस्पतालका अध्यक्ष आरती आनन्द रौनियार र अस्पताल व्यवस्थापन समितिका सदस्यहरुको सहभागितामा फलफुल वितरण पनि गरिएको अस्पतालका प्रबन्धक सुधिर सिंह राठौरले जानकारी दिए।

अस्पतालको वार्षिक उत्सवको अवसरमा सुख,शान्ति र समृद्धिको लागि बिहान ७ बजे देखि नै होम हवन गरिएको थियो भने अस्पतालले विराटनगर स्थित रहेको जनजाति कल्याण आश्रममा रहेका २९ जना बालकहरुलाई ड्रेस तथा फलफुल अस्पतालका प्रबन्ध निर्देशक डा श्याम कुमार रौनियारको आमाको हात बाट वितरण गरिएको हो ।

Photo: @BhitrakoKhabar

Photo: @BhitrakoKhabar
सम्बन्धित समाचारसबै