पुर्व प्रेमीबाट जन्मिएका बच्चा बाँसघारीमा फालिएको आशंका

0 Shares

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ र हरिनगर गाउँपालिकाको भुटाहा जोड्ने पुल नजिकै रहेको बाँसघारीमा फालिएको बच्चाको बारेमा प्रहरीले अनुसन्धान तीब्र पारेका छन् ।
झण्डै एक सताअघि बाँसघारीमा फालिएको जिउँदै ६ महिने बालिकालाई किन ? र कसले फलिएको विषयमा प्रहरीले चासोको रुपमा लिइएको छ ।

एक विश्वस्त स्रोतका अनुसार पूर्व प्रेमीबाट जन्मिएको बच्चा वर्तमान प्रेमी (पति) ले स्वीकार नगरेको कारण देवानगञ्ज गाउँपालिका देखी करिव १७ किलोमिटर उत्तर भोक्राहा नरसिंह वडा नं.७ स्थित हुलाकी राजर्माग नजिकै रहेको बाँसघारीमा फालिएको नाम उल्लेख नगर्ने सर्त बताएका छन् ।

नबालिका बच्चा पुर्व प्रेमीबाट जन्मिएको र वर्तमान प्रेमी अर्थात पति समेत रहेको व्यक्तिले अर्का बच्चा स्वीकार नगर्ने भनेपछि बच्चालाई १७ किलोमिटरको दुरीमा फालिएको समाचार स्रोतको भनाई छ ।
आज त्यहीँ विषयमा स्थानीय प्रहरीको सहयोगमा पत्रकारको टीम घरमा स्थलगत रिपोटिङ्ग गर्न पुगेपछि शंकास्पद व्यक्ति फरार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरी कार्यालयका अनुसार अपराधी जहाँ सुकै लुकेपनि कानुनी दायरामा ल्याएर कारवाही प्रकृया अगाडी बढाउने प्रतिकृया दिए ।
उता स्रोतका अनुसार देवानगञ्ज गाउँपालिकाकी एक महिलाले अन्दाजी २७ वर्षको उमेरमा ४ जनासँग बिहे गरेको दाबी गरेका छन् ।

स्रोतले गरेको दाबी अनुसार बाँसघारीमा फालिएको बच्चामा पूर्व प्रेमी सहित महिला र उनको बुवाको हात रहेको बताइएको छ भने सोही दिन नरसिंहमा बच्चा फालेर इनरुवा नगरपालिका वडा नंं. ४ स्थित आफ्नै सम्बन्धित सानी आमाको घरमा बसेको बताएका छन् ।

सम्बन्धित समाचारसबै