लाईफ गार्ड हस्पिटलमा अब सामाजिक सुरक्षा योजना अनतर्गत स्वास्थ्य सेवा संचालन

0 Shares

नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सामाजिक सुरक्षा कोष र बिराटनगर ५ अवस्थित रहेको लाईफ गार्ड हस्पिटल प्रा. लि. बिराटनगर को सहकार्य भएको छ।
लाईफ गार्ड र सामाजिक सुरक्षा कोष बीच सहमति भई अब सामाजिक सुरक्षा योजना अनतर्गत स्वास्थ्य सेवा संचालन हुने भएको हो।
साथै सम्झौता भएका अस्पताल अन्तर्गत अनलाइन सेवा संचालन भएका अस्पतालबाट कोषले उपलब्ध गराएका औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना सेवा लिँदा लाभग्राहीले उपचार गर्दा लागेको रकमको २० प्रतिशत मात्र बुझाए पुग्ने नियम छ ।
दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गतका स्वास्थ्य सुविधा लिँदा लाभग्राहीले तोकिएको सीमाभित्र रही कुनै पनि भुक्तानी गर्नु नपर्ने कोष मा उल्लेख छ ।

२०७९ फागुन १ यता देशभरका विभिन्न स्थानमा अनलाइन (लाइभ) सम्झौता भएका छन् । जसमध्ये हालसम्म ७१ अस्पतालबाट औषधि उपचारबापतको सुविधा भुक्तानी हुनेछ । त्यसबाहेकका स्थानहरूमा जुनसुकै अस्पतालमा उपचार गर्दा कोषको कार्यालयमा आवश्यक कागजात बुझाएर दाबी गर्नुपर्ने हुनेछ । आगामी दिनमा अस्पतालको आबद्धतालाई सङ्ख्यात्मक र गुणात्मक रूपमा बढाउँदै लैजाने प्रतिबद्धता कोषले जनाएको छ ।

सम्बन्धित समाचारसबै