काठमाडौं |नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कबाड व्यवसायीहरूले भोग्नुपरेका समस्या आपसी छलफल र समझदारी निर्माण गरेर हल गरिनुपर्नेमा जोड दिएका छन्।
कबाड संकलन तथा व्यवसायसँग सम्बन्धित माग राखेर आन्दोलनरत कबाड व्यवसायी संघर्ष समितिका प्रतिनिधिहरूसँगको भेटमा अध्यक्ष प्रचण्डले समस्या समाधानका लागि सहमतिमा जानुपर्नेमा जोड दिएका हुन्।
भेटका क्रममा अध्यक्ष प्रचण्डले कबाड व्यवसायको उचित व्यवस्थापनका विषयमा महानगरका मेयर बालेन शाहसँग छलफल गरेर सकारात्मक वातावरण निर्माणका लागि पहल गर्ने समेत बताए।
कबाड संकलक तथा व्यवसायका क्रममा काठमाडौं महानगरपालिकाले अवरोध सिर्जना गरेका कारण व्यवसायी पीडित र विस्थापित हुन पुगेको भन्दै कबाड व्यवसायी संघर्ष समितिले अध्यक्ष प्रचण्डलाई पहल गरिदिन आग्रह गरेका हुन् ।
महानगरभित्र कबाडको गोदाम राख्न कडाइ गरी डोजर चलाएपछि उनीहरू आन्दोलित भएका हु्न्।