0
Shares
काठमाडौँ । देशलाई लोडसेडिङबाट मुक्त गराएको जस लिँदै आएका कुलमान घिसिङलाई सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेको प्रति कलाकारहरूले असन्तुष्टि पोखका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।
कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले व्यङ्ग्य गर्दै फेसबुकमा लेखेका छन्, ‘कुलमानलाई भुलमान । सालोलाई पालो ।’ उनले स्ट्याटसको कमेन्टमा आफैँले गाएको ‘मन्त्रीज्यूको सालो’ गीतको सानो अंश पनि शेयर गरेका छन् । अभिनेत्री तथा निर्मात्री निता ढुंगानाले कुलमानलाई प्राधिकरणबाट निकाल्नेले कालो दिन देख्ने चेतावनी दिएकी छन् । उनले लेखेकी छन्, ‘के भइरहेको छ यहाँ ? गलत निर्णय, साँच्चिकै जसले निकाल्यो भोली कालो दिन देख्नेछ ।’