कलाकार गुप्ताले पाए सर्वोत्कृष्ट मोडलिङ २०२३ अवार्ड

0 Shares

मैथिली तथा भोजपुरी कलाकार बिक्रम गुप्ताले सर्वोत्कृष्ट मोडलिङ २०२३ अवार्ड बाट सम्मानित भएका छन्।
पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) र बिराटनगर स्थित रहेको गोल्डेन हस्पिटलको सहप्रायोजनमा सम्पन्न भएको कार्यक्रममा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीे प्रमुख अतिथि रहनुभएको थियो ।

कलाकार गुप्ता बिगत लामो समय देखि मैथिली र भोजपुरी भाषाको म्युजिक भिडियो बनाउदै र आफै पनि उक्त गीतहरुमा अभिनय गर्दै आइरहेका छन् तसर्थ पछिल्लो बर्ष मैथिली क्षेत्रमै पहिलो देश बाट बाहिर गइ छायांकन भएको (पुर्वा हावा ) बोलको गित सार्वजनिक हुदा दर्शकहरुले खुब मन पराएको हुनाले उक्त गीतमा गुप्ताले सर्वोत्कृष्ट मोडलिङ २०२३ अवार्ड बाट सम्मानित भएका हुन्।

अहिले सम्म गुप्ताले नेपाली ,हिन्दि ,भोजपुरी र मैथिली भाषा सहित डेढ दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्। पछिल्लो बर्षमै उनको सार्वजनिक भएको शर्ट फिल्म (फू ) UNDP शर्ट फिल्म प्रतियोगितामा ५ औ श्रेणीको स्थान र उत्कृष्ट दर्जा तय गरेका हुन्।

कलाकार गुप्ताले भने :- मैथिली गित संगीत क्षेत्रको संस्कृति ,भाषा ,भेषभुषा,मैथिली गित संगीतलाइ स्वच्छ सफा तथा मैथिली बिकासको लागि देश मा मात्र हैन तथा विदेश सहित विश्वभर मैथिली भाषाको पहिचान झल्काउने अठोट बोकेको उद्देस्य रहेको बताए।

सम्बन्धित समाचारसबै