सुरक्षा गार्डलाई भाटभटेनीले दियो ५ लाख पुरस्कार,

0 Shares

काठमाडौँ । राजावादी प्रदर्शनकारीको बेला कोटेश्वरस्थित भाटभटेनीमा लुटपाटमा संलग्नको प्रतिकार गर्ने सुरक्षा गार्डलाई भाटभटेनीले ५ लाख पुरस्कारसहित सम्मान गरेको छ |

बुधवार आयोजित एक कार्यक्रमका बिच भाटभटेनीले अर्का एक सुरक्षा गार्डलाई ५१ हजार रुपैयाँ सहित सम्मान गरेको छ । यसैगरी सोही बेला ड्युटीमा अर्का थप दुई जनालाई पनि २५ हजारका दरले  सम्मान गरेको छ । यसैगरी कमर्चारीहरुलाई सम्मान गरिएको थियो ।

कोटेश्वरस्थित भाटभेटनी सुपरमार्केटमा अध्यक्ष मीन बहादुर गुरुङले पुरस्कारसहित सम्मानित गरेका हुन् ।  सुपरमार्केटमा तोडफोड तथा लुटपाट गरिरहेको समयमा कर्तव्य निर्वाह गर्दै अग्रपंंक्तिमा खटिएका कर्मचारी तथा व्यापारलाई निरन्तरता दिन रातभर मर्मत सम्भारमा लाग्न खटिएका कर्मचारीको मनोबल उच्च बनाउन सम्मान गरिएको सुपरमार्केटका सिइओ राजु पौडेलले बताए।

सम्बन्धित समाचारसबै