‘सहकारीको दिगोपन, स्वनियमन र सुशासन’ भन्ने मूल नाराका साथ मोरङमा पनि सहकारी दिवस मनाईएको छ ।
जिल्ला सहकारी संघ लिमिटेड मोरङ द्वारा आयोजित ६६ औँ राष्ट्रिय सहकारी दिवस २०८९ सहकारी दिवस सुन्दर हरैचाको विराट चोकमा एक कार्यक्रमको आयोजना गरि दिवस मनाईएको हो ।
उक्त कार्यक्रममा सम्झौता बचत तथा ऋण सहकारी संस्था लाई सह-आयोजक को रूपमा घोषणा गर्दै प्रशंशा पत्र द्वारा सम्मानित गरेको छ।
सम्झौता बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष महेश कुमार शाहलाइ प्रशंशा पत्र सहित सम्मान गरिएको हो।

मूल समारोह समितिका संयोजक डिल्ली पोखरेलको अध्यक्षता तथा कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
प्रमुख खापुङले भने सहकारीले रोजगारी पनि सिर्जना गरेको छ । पछिल्लो समयमा सहकारी क्षेत्रमा देखिएको समस्याको बारेमा बोल्दै उनले हिड्दै जाँदा ठेस लाग्ने भएकाले सानो तिनो ठेस लाग्दैमा रोकिनुपर्ने अवस्था नरहेको बताए ।
सहकारीले हरेक काम गर्ने भएकाले पनि सहकारी क्षेत्रले अझै देखिने काम गर्नुपर्नेमा उनले जोड दिए ।
सहकारीप्रति देखिएका नराकारत्मक धारणालाई चिर्नको लागि पनि कार्यक्रम भव्य र सभ्य तरिकाले सम्पन्न गरेको बताए ।
दिवसको अवसरमा झाँकी सहितको र्याली निकालिएको थियो । हजारौं सहकारीकर्मी र्यालिमा सहभागी भएका थिए । सहभागिताको आधारमा मौलिक पहिचानको आधारमा प्रथम, द्धितिय र तृतिय हुनेलाई पुरस्कार प्रदान पनि गरिएको जानकारी दिए ।