0
Shares
काठमाडौं- काठमाडौं जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भृकुटीमण्डपमा सभा गर्न नदिने भएको छ ।
जिल्ला प्रशासन कार्यालयले राप्रपालाई भृकुटीमण्डपको साटो सिफल या बल्खुमा सभा गर्न भनेको थियो । सोहीअनुसार राप्रपाले बल्खुमा सभा गर्ने भएको हो ।
यसअघि १५ चैतमा राजतन्त्र पक्षधरहरूले तीनकुनेमा आयोजना गरेको प्रदर्शनका क्रममा हिंसा भड्किँदा दुई जनाको मृत्यु हुनुका साथै करोडौँको क्षती भएको थियो । सोही घटनाबाट झस्किएको सरकारले राप्रपालाई भृकुटीमण्डपमा सभा गर्न नदिने भएको हो ।