अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकलाई क्याम्पस क्याम्पसमा पुगेर खोज्दै

0 Shares

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयका प्राध्यापक र कर्मचारी अध्ययन बिदामा गएर नफर्किने गरेको पाइएपछि खोजबिन समिति क्याम्पस क्याम्पसमा पुगेर खोज्न थालेको छ ।

ठूलो संख्यामा प्राध्यापक र कर्मचारी अध्ययन बिदा लिने र विदेश गएर उतै लुक्ने पाइएपछि त्रिविले छानबिन समिति बनाएको थियो । समितिका संयोजक डा. जीवन काफ्लेले डिन कार्यालय, क्याम्पस, केन्द्रीय विभाग लगायतका कार्यालयमा पुगेर नफर्किने प्राध्यापक र कर्मचारीको खोजी गरिरहेको बताए ।

त्रिविले पत्र काटेर नफर्किने शिक्षकको विवरण उपलब्ध गराउन सबै निकायलाई भनेको थियो । तर सही विवरण नआएपछि समिति क्याम्पस क्याम्पसमा पुगेर संकलन गर्न लागेको हो । ‘समितिले सम्बन्धित क्याम्पसमै पुगेर खोजबिन गरिरहेको छ । ठूलो संख्यामा शिक्षक र कर्मचारी अध्ययन बिदामा गएर नफर्किएको पाइएको छ’, उनले भने, ‘पुराना फाइलबाट पनि संकलन गरिरहेका छौं ।’

अध्ययन बिदामा गएका त्रिविका कति शिक्षक कर्मचारी फर्किए कति उतै लुके भन्ने तथ्यांक त्रिविसँग छैन । त्यसैले समिति बनाएर त्रिविले तथ्यांक संकलन गरिरहेको हो । पहिलो चरणमा तथ्यांक संकलन गरेपछि नफर्किनेलाई कारबाही गर्ने त्रिविले जनाएको छ ।

सम्बन्धित समाचारसबै