0
Shares
भैरहवा – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले उडान भरेका छैनन् ।
विमानस्थलबाट थाइल्यान्डको थाई एयर एसिया, यूएईको फ्लाई दुबई र कुबेतको जजिरा एयरवेजले नियमित उडान गर्दै आएको गत अप्रिल १ देखि उडान सेवा बन्द गरेका छन् ।
नेपाल एयरलाइन्सले सातामा मलेसिया (क्वालालम्पुर)–भैरहवा–काठमाडौं सेवा दिँदै आएको विमानस्थल कार्यालयले जनाएको छ ।अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले नियमित उडानका लागि ‘समर सेड्युल’ को स्वीकृति नलिँदा उडानहरू नभएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए ।