सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाको पहिलो पटक संयुक्त अनुगमन कार्य भएको छ। स्वास्थ्य संस्थाहरूको अवस्था बुुझ्न र सेवा प्रवाहलाई प्रभावकारी तुल्याउन जनप्रतिनिधिसहितको टोलीले गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा अनुगमन गरेको हो।
स्वास्थ्य शाखाका प्रमुख हिरा शाहले स्वास्थ्य संस्थाको सेवा प्रवाहमा प्रभावकारिता ल्याउन जनप्रतिनिधि, सञ्चारकर्मी र स्वास्थ्य क्षेत्रमा काम गर्ने निकायका प्रतिनिधि सम्मिलित संयुक्त टोलीले पहिलो पटक गाउँपालिकाकाे सबै स्वास्थ्य संस्थाको अनुगमन कार्य भएको बताए।
भाेक्राहा नरसिंह गाउँपालिकामा रहेका २ वटा स्वास्थ्य चौकी, ६ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र छन्। उनले यी सबै स्वास्थ्य संस्थाको अनुगमन गर्ने कार्य भएको बताए।
अनुगमन गर्न निस्केका गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले सबै स्वास्थ्य संस्थामा सञ्चालन हुँदै आएका कार्यक्रम सुशासन तथा प्रशासनिक व्यवस्थापन, स्वास्थ्य व्यवस्थापन, सूचना प्रणाली, खोप सेवा कार्यक्रम, बाल स्वास्थ्य तथा पोषण कार्यक्रम, विद्यालय स्वास्थ्य शिक्षा अभियान र सामुदायिक स्वास्थ्य कार्यक्रमको अनुगमन गरेका हुन् ।
स्वास्थ्य संस्था अनुुगमन निस्केका पालिका अध्यक्ष अजमल अख्तर आजादले स्वास्थ्य संस्थाको अनुगमन गर्ने कार्य भएको र अब टोलीले स्वास्थ्य संस्थाबारे वास्तविक अवस्था समेटिएको प्रतिवेदन गाउँपालिकालाई बुुझाउने बताए।
गाउँपालिकाले यसबाट स्वास्थ्य सेवामा प्रभावकारिता आउने विश्वास शाखाले लिएको छ। शाखाले पहिलो पटक यसरी संयुक्त अनुगमन गरेको हो।
गाउँपालिका अध्यक्ष अजमल अख्तर र पत्रकारकोे टोलीले स्वास्थ्य संस्थाले कार्यालय व्यवस्थापनदेखि सेवाग्राहीलाई प्रदान गर्ने औषधिकाे म्याद समाप्त हुने मिति र स्वास्थ्य सेवाबारे सेवाप्रदायक र सेवाग्राहीसँग प्रतिक्रिया लिएको थियो। अनुगमन टोलीले प्रत्यक्ष रुपमा स्वास्थ्य संस्थाको अवस्था पनि हेर्ने कार्य गरेको स्वास्थ्य शाखा प्रमुख हिरा शाहले जानकारी दिए ।