समिर बिक र सुमिना बराइलीको स्वरमा “जनम जनम”, सार्वजनिक

0 Shares

नेपाली सांगीतिक क्षेत्रमा नयाँ गीत “जनम जनम” छिट्टै सार्वजनिक भएको छ । समिर बिक र उनकी श्रीमती सुमिना बराइलीको स्वरमा सजिएको यो प्रेमपूर्ण गीतले अहिले दर्शक-श्रोताहरुको मन जितिरहेको छ।

गीतमा मुख्य मोडेलको रूपमा साह्मुद्दीन खान र सेलिजा बिस्वकर्मा प्रस्तुत भएका छन्। विशेष कुरा के छ भने यस गीतको निर्माण पनि सेलिजा बिस्वकर्मा आफैले गरेकी हुन्, जसले गीतलाई अझै व्यक्तिगत र भावनात्मक बनाएको छ।

गीतको निर्देशन लामो समय संचार क्षेत्रमा बिताएका र दर्जनौ गीतहरु छायांकन तथा निर्देशन गरिसकेका संचारकर्मी हुसैन सेखले गरेका छन्। संगीत समिर बिकको रहेको छ भने एरेन्जर प्रमोद परियार हुन्। शव्द शिवा राई (संगम किम्दाहाङ राई) ले लेखेका हुन्।

भिडियो सम्पादन हुसैन सेखले नै गरेका हुन् भने छायांकन सन्तोष आरजेकेले गरेका छन्। निर्माण व्यवस्थापन बिक्रम शाहले सम्हालेका छन् र मेकअप आर्टिस्ट दिलीप संगै विरेन्द्र मेहताको सहयोगमा भिडियो तयार गरिएको थियो।

जनम जनम गीतलाई /OfficialSahamuddin युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । लिंक तल राखिएको छ।

 

सम्बन्धित समाचारसबै