गोल्डेनको शिविरमा ५०० भन्दा बढी स्थानियले लाभ उठाए

0 Shares

गोल्डेन हस्पिटल बिराटनगरले कानेपोखरी गाउँपालिकाको संयुक्त आयोजनामा निशुल्क स्वाश्थ्य शिविरको कार्यक्रम गरेको छ ।

कानेपोखरी गाउँपालिकाको वडा न : २ केरौन स्थित रहेको २ न : वडा कार्यालयमा संचालन गरेको शिविरमा गोल्डेन हस्पिटल बिराटनगर को चिकित्सकको टोलि सहित भिडियो एक्सरे ,इ सि जि ब्लड सुगर,प्रेसर चेक जाच तथा निशुल्क फिजिसियन द्वारा सेवा,बालरोग विशेषज्ञ द्वारा सेवा ,नाक कान घाटीको र हाडजोर्नी,नशारोग विशेषज्ञ द्वारा सेवा, स्त्री रोग विशेष पाठेघर,स्तन क्यान्सर स्क्रिनिंग जाँच सहित औषधि समेत निशुल्क बितरण गरेको हो ।

गोल्डेन अस्पताल प्रबन्धक सुधिर सिंह राठौरले जानकारी दिए अनुसार महिला पुरुष र वृद्ध गरि लगभग ५०० भन्दा बढी स्थानियहरुले लाभ उठाएको र ३० जना भन्दा बढि महिलाहरुको निशुल्क पाठेघर क्यान्सरको परिक्षण गरिएको बताए ।

शिविरमा गोल्डेन हस्पिटलका वरिष्ठ मेडिसिन डा . श्याम रौनियार ,बाल रोग विशेषज्ञ डा.शतिश यादब ,वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा .अजय कुमार महतो ,स्त्री तथा प्रसुति रोग बिभाग डा .प्रकृति आचार्य , मेडिकल अधिकृत डा . सरोज यादव, र डा .कोमल गुप्ता सहित स्थानिय कानेपोखरी स्वाश्थ्य शाखा प्रमुख उदय कान्त सेठ र अस्पतालका कर्मचारीहरुको सहयोगमा सिविरले सफल्ता पाएको बताए ।

गोल्डेन हस्पिटल बिराटनगर बिगत लामो समय देखि पहुच नपुगेका जिल्लाहरुमा पुगी निरन्तर निशुल्क स्वाश्थ्य शिविर सेवालाई प्राथमिकतामा राखी स्वाश्थ्य शिविर गर्दै आइरहेको छ , हस्पिटलका चिकित्सक टोलि हरेक महिना जिल्ला जिल्ला पुगी निशुल्क औषधि वितरण देखि चेक जांच समेत गरिरहेको छ ।

 

फोटाहरु :-

सम्बन्धित समाचारसबै