माता सीताको जन्मजयन्ती, भव्यताको साथ् सम्पन्न

0 Shares

विराटनगरमा सीता जन्मजयन्ती मनाइएको छ । वैशाख शुक्ल नवमीलाई माता सीताको जन्मजयन्तीका रुपमा मनाइन्छ ।

त्यस अवसरमा हाम्रो विराटगढ परोपकारी समाजले जानकी जयन्ती तथा छलफल कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा देवी सीताको जीवनीमा चर्चा गरिएको थियो । कार्यक्रममा बोल्दै सोनी कर्णले माता सीता शक्तिको अवतार भएकाले उनको जीवनबाट प्रेरणा लिनुपर्ने बताइन् ।

समाजसेवी चन्द्रशेखर झाले त्याग, त्याग र आदर्शको प्रतिक रहेको लक्ष्मीको अवतार देवी सीताको चरित्र रहेको बताए ।

विराटनगर नगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले माता जानकीको चरित्रलाई हरेक महिलाले व्यवहारिक जीवनमा पालना गर्नुपर्ने धारणा राखिन् ।

सीता जयन्ती मनाउन कार्यक्रम आयोजना गरिएको आयोजक समितिका अध्यक्ष बसुन्धरा झाले बताइन् ।
कार्यक्रममा वीरेन्द्र झाको स्वरमा संगीतकार प्रेमनारायण झाको शब्दमा रेकर्ड गरिएको ‘रामके दुलारी’ नामको मैथिली गीत सार्वजनिक गरिएको थियो ।

त्यसैगरी कलाकार सुमन झाले मैथिली भाषाका अग्रगामी कवि कोकिल विद्यापतिको जीवनीमा आधारित लघु नाटक प्रस्तुत गरेका थिए । स्थानीय कलाकारहरुले मैथिली संस्कृतिसँग जोडिएको परम्परागत झिजिया र जातजातिन नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै गायक भागवत मण्डल र वीरेन्द्र झाले माता सीता र मिथिलासँग सम्बन्धित गीत प्रस्तुत गरेका थिए ।

विराटनगर नगरपालिकाका वडा नं १२ का अध्यक्ष हीरालाल कामत र मैथिली सेवा समितिका अध्यक्ष इन्जिनियर फुलकुमार देवले जानकी नवमीलाई हर्षोल्लासका साथ मनाउन जोड दिए ।

कार्यक्रममा कलाकार मुन्नाकुमार झा, पत्रकार हुसैन सेख , प्रकाश प्रेमी, महिला नेतृ प्रीति झा, लेखक कर्ण सञ्जय, निर्देशक राजु चौधरी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमका फोटाहरु : –

सम्बन्धित समाचारसबै