कसले जित्यो? मानिस र रोबोटबीच हाफ-म्याराथन प्रतियोगिता,

0 Shares

काठमाडौं – बेइजिङलेमा आयोजना भएको हाफ-म्याराथनमा मानिस र रोबोटले सँगै प्रतिस्पर्धा गरेका छन् ।

म्याराथनमा दुई खुट्टामा हिँड्न सक्ने रोबोटहरूले मानिस धावकहरूसँगै दौडिन पाउने मौका पाएका थिए । यी रोबोटहरूलाई मानिस अपरेटरहरूले साथ दिइरहेका थिए तर अधिकांश रोबोटहरूलाई पूरा ट्र्याक पार गर्नै मुस्किल परेको थियो । हाफ म्याराथनमा १३ माइलको दूरी चार घण्टाभित्र पूरा गर्नुपर्ने थियो ।

ब्लूमबर्गको रिपोर्ट अनुसार, एक रोबोट सुरुको लाइनमै लडेको थियो । अर्कोको त टाउको नै झरेको थियो र भुइँमा लड्दै गयो । अनि एउटा त पूरै टुक्रा-टुक्रा भएर ढलेको थियो । सुरक्षाको उपायस्वरूप, मानिस र रोबोटबीच एक छुट्टै बार लगाइएको थियो, जसले दौडको ट्र्याकलाई दुई भागमा विभाजन गरेको थियो ।

२० वटा रोबोटहरूले दौडमा भाग लिएका थिए, जसमश्ये ६ वटा कम्पनीले मात्रै रेस पूरा गरेका थिए । २१ वटा रोबोट मध्येमा बेजिङ ह्युम्यानोइड रोबोट इन्नोभेसन सेन्टरको रोबट टायनगोङ अल्ट्रा विजेता भएको छ । पाँच फिट १० इन्च अग्लो टायनगोङ अल्ट्रा नामको रोबोटले दौड पूरा गर्न २ घण्टा ४० मिनेट लिएको थियो, जुन मानिस धावकहरूको समयको दोब्बर हो ।

सम्बन्धित समाचारसबै