बिराट निदान हस्पिटलले पायो २५ सैयाको संचालन स्वीकृति – स्वास्थ्य सेवा निरन्तर संचालनमा

0 Shares

बिराटनगर, १२ वैशाख — बिराटनगर–३ स्थित ‘बिराट निदान हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि ’ अब औपचारिक रुपमा संचालनमा आएको छ। अस्पतालका म्यानेजिङ्ग डाइरेक्टर विश्वास यादवका अनुसार यो अस्पतालमा बिराटनगरकै उत्कृष्ट जलन उपचार सेवा सेवा उपलब्ध छ।

उहाँका अनुसार अस्पतालमा ट्रमा केसहरूदेखि लिएर विभिन्न जटिल शल्यक्रिया र उपचार सेवा उपलब्ध छन्। अत्याधुनिक उपकरण र दक्ष जनशक्तिको सहयोगमा बिरामीको उपचार गरिने अस्पतालको दावी छ।

प्रदेश नं. १ स्वास्थ्य मन्त्रालय अन्तर्गत अस्पताल तथा स्वास्थ्य संस्था व्यवस्थापन महाशाखा, कोशी प्रदेश, विराटनगरबाट प्राप्त स्वीकृति अनुसार अस्पताललाई संचालन अनुमति दिइएको हो।

अस्पतालमा ट्रमा केसहरू, जटिल शल्यक्रिया, अर्थोपेडिक, जनरल सर्जरी, गाइनोकोलोजी, पेडियाट्रिक, ICU, NICU, PICU , VENTOLETOR , DIGITAL X-RAY , ULTRASOUND , अत्याधुनिक प्रयोगशाला र एम्बुलेन्स सेवा लगायतका सम्पूर्ण स्वास्थ्य सेवा उपलब्ध छन्।

स्थानीय स्तरमा चिकित्सा सेवामा नयाँ सम्भावना
स्थानीय बासिन्दाहरूका लागि आधुनिक सेवा दिने उद्देश्यका साथ स्थापना गरिएको यो अस्पतालले पूर्वाञ्चल क्षेत्रमा चिकित्सा सेवाको पहुँच र गुणस्तर दुवैमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। अस्पतालले शीघ्र थप विशेषज्ञ सेवा र अत्याधुनिक उपकरण थप गर्दै जाने योजना बनाएको छ।

 

 

सम्बन्धित समाचारसबै