गोल्डेन हस्पिटल बिराटनगर र कामना नरसिंह होम प्रा लिको संयुक्त आयोजनामा निशुल्क स्वाश्थ्य शिविर संचालन भएको छ ।
सिरहा लहान स्थित रहेको कामना नरसिंह होम प्रा लिको अस्पतालमा संचालन गरेको शिविरमा गोल्डेन हस्पिटल बिराटनगरको चिकित्सकको टोलि सहित भिडियो एक्सरे ,इ सि जि ब्लड सुगर,प्रेसर चेक जाच तथा निशुल्क फिजिसियन द्वारा सेवा,हाडजोर्नी,नशारोग विशेषज्ञ द्वारा सेवा, स्त्री रोग विशेष पाठेघर,स्तन क्यान्सर स्क्रिनिंग जाँच सहित औषधि समेत निशुल्क बितरण गरेको हो ।
गोल्डेन अस्पताल प्रबन्धक सुधिर सिंह राठौरले जानकारी दिए अनुसार महिला पुरुष र वृद्ध गरि लगभग २५० भन्दा बढी स्थानियहरुले लाभ उठाएको र ४५ जना भन्दा बढि महिलाहरुको निशुल्क पाठेघर क्यान्सरको परिक्षण गरिएको बताए ।
शिविरमा गोल्डेन हस्पिटलका वरिष्ठ मेडिसिन डा . श्याम कुमार रौनियार ,वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा .अजय कुमार महतो ,स्त्री तथा प्रसुति रोग बिभाग डा .प्रकृति आचार्य , मेडिकल अधिकृत डा .कोमल गुप्ता सहित स्थानिय कामना नरसिंह होम प्रा लिको व्यवस्थापक ब्रिद्देव महतो र अस्पतालका स्वास्थ्यकर्मीहरुको सहयोगमा सिविरले सफल्ता पाएको बताए ।
गोल्डेन हस्पिटल बिराटनगर बिगत लामो समय देखि पहुच नपुगेका जिल्लाहरुमा पुगी निरन्तर निशुल्क स्वाश्थ्य शिविर सेवालाई प्राथमिकतामा राखी स्वाश्थ्य शिविर गर्दै आइरहेको छ , हस्पिटलका चिकित्सक टोलि हरेक महिना जिल्ला जिल्ला पुगी निशुल्क औषधि वितरण देखि चेक जांच समेत गरिरहेको छ ।
फोटाहरु :-
