काठमाडौँ / कन्स्ट्रक्सन क्षेत्रमा आफ्नै छुट्टै पहिचान बनाउन सफल देव ऊर्जा कन्स्ट्रक्सन लिमिटेडले २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलो खोला जलविद्युत् आयोजनाको सिभिल र हाइड्रो मेकानिकलतर्फका सबै मुख्य कार्यहरू सम्पन्न गरेको छ ।
देव ऊर्जा कन्स्ट्रक्सनले सिभिल र हाइड्रो मेकानिकलतर्फ कार्यहरु २०८१ फागुन मसान्तसम्म सम्पन्न गरी इलेक्ट्रोमेकानिकल टोलीलाई हस्तान्तरण समेत गरि सकेको छ ।
देव ग्रुप अफ कम्पनी प्रा.लि.का प्रमुख कार्यकारी अधिृकत (सिइओ) नविन सिलवालले भने “आयोजना निर्माण अवधिभर हेडवक्र्स र पावरहाउस क्षेत्रमा पनि विभिन्न समयमा पहिरो जाँदा तथा वर्षात र हिउँका कारण विभिन्न किसिमका अवरोधहरू आउँदा पनि देव ऊर्जा कन्स्ट्रक्सनको दृढ विश्वास, अथक मेहनत र निरन्तर प्रयासका कारण हामी तोकिएको समय अगाबै सिभिल र हाइड्रो मेकानिकलतर्फका कार्य सम्पन्न गरी इलेक्ट्रोमेकानिकल टोलीलाई सफलतापूर्वक हस्तान्तरण गर्न सफल भएका छौँ।”
माथिल्लो ठूलो खोला जलविद्युत् आयोजनाको सिविल तथा हाइड्रो मेकानिकल कार्यको सुरुवात औपचारिक रूपमा २०७९ साल फागुन १५ गते भूमिपूजन कार्यक्रम गरी गरिएको थियो।
त्यसपश्चात् सिविल संरचनाको मुख्य कार्य देव ऊर्जा कन्स्ट्रक्सन प्रा।लि।को तर्फबाट २०८० साल वैशाख महिनादेखि सुरु गरिएको हो।
यस अयोजना २०८२ सालको असोज २८ गते निर्माण सम्पन्न गर्ने मिति तोकिएको भएता पनि त्यो भन्दा पहिले नै आयोजना सम्पन्न गरी राष्ट्रिया प्रशारण लाइनमा जोड्न सफल हुने कम्पनीका वित्तीय प्रमुख प्रदिप खतिवडाले जानकारी दिए ।