स्मृति भवनको साटो ज्यानमारा खाल्डो

0 Shares

जनकपुरधाम- जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरीको पूर्वी डिल छेउमा बसोबास गर्ने स्थानीय अहिले आकाशमा बादल देख्नेबित्तिकै तर्सिन्छन् । उनीहरू दिनरात भगवान्सँग यही कामना गर्छन् कि हे भगवान् अहिले ठूलो पानी नपरोस् । यसको कारण हो डिलको सडकमा अलपत्र परेको करिब १५ फिट गहिरो खाल्डो ।

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्व. रामनारायण मिश्रको स्मृति भवन निर्माणका लागि जग हाल्न गंगासागर पोखरीको डिल खनिएको खाल्डो अहिले सर्वसाधारणका लागि ज्यानमारा बन्न पुगेको छ ।

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्व. रामनारायण मिश्रको स्मृति भवन निर्माणका लागि जग हाल्न गंगासागर पोखरीको डिल खनिएको खाल्डो अहिले सर्वसाधारणका लागि ज्यानमारा बन्न पुगेको छ । ‘यो बिना कामको भएको छ । हाम्रो त बालबच्चाहरूलाई घरबाट निस्कन आपत् भइसक्यो । यदि पानी प¥यो भने यो खाल्डोले ज्यानै  लिने खतरा बढ्छ,’ निर्माणका लागि घर छेउमै खाल्डो खनिएपछि दुःखेसो पोख्दै स्थानीय रामवती साहले भनिन्, ‘काम गर्नु नै थिएन भने सुरुमै रोक्नुपथ्र्यो अब अदालतले काम रोकेको भन्छ त्यसो भए यो वर्षायाममा कम्तीमा माटो त हालेर खाल्डो पुरिदिनु पर्ने हो । त्यो पनि भइरहेको छैन ।’

 

सम्बन्धित समाचारसबै