राष्ट्रपति पौडेलद्धारा नागरिकता विधेयक प्रमाणिकरण

0 Shares

राष्ट्रपति रामचन्द्र पौडेले बुधबार बिहान नागरिकता विधेयक प्रमाणिकरण गरेका छन् ।

संविधानकने धारा ६१ र ६६बमोजिम राष्ट्रपतिले विधेयक प्रमाणिकरण गरेका हुन् । त्तकालिन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता प्रकाणीकरण नगरी साउन २७ गतेका दिन सन्देश सहित प्रतिनिधीसभामा पठाइदिइकी थिइन् ।२०७९ फाल्गुन २५ गतेका दिन रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भए पछि सरकारले नागरिकता विधेयक अगाडि बढाउन खोज्दा कार्यलयमा हाल्ड भएका विधेयकको अवस्था बारे प्रष्ट हुन सकेन ।

जेष्ठ १२ गते बसेको मन्त्रिपरिषदको बैठकले नागरिकता विधेयक प्रमाणिकरण गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको हो । संविधानको धारा ६१ को उपधारा २, ३, ४, धारा ६६ र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त बमोजिम विधेयक प्रमाणीकरण गरेको कानुनी सल्लाहकार बाबुराम कुँवरले जानकारी दिए ।

सम्बन्धित समाचारसबै