0
Shares
काठमाडौं । पाँच पटकको विजेता स्पेनिस क्लब बार्सिलोनालाई हराउँदै इटालियन क्लब इन्टर मिलान युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
सानसिरोमा बुधबार बिहान भएको खेलमा घरेलु टोली इन्टरले बार्सिलोनालाई इन्टर मिलानले ४– ३ गोल अन्तरले हरायो ।
यससँगै तीन पटकको विजेता इन्टर समग्रमा ७–६ गोलले विजयी भएको छ । बार्सिलोनामा भएको पहिलो लेग ३–३ को बराबरीमा सकिएको थियो ।