0
Shares
काठमाडौँ- कैयौँ विश्वव्यापी मापदण्डहरूले प्रतिदिन महिलाहरूले दुई लिटर र पुरुषहरूले अढाई लिटर पानी पिउनु उपयुक्त हुने सिफारिस गरेका छन्।
तर वैज्ञानिकहरू हाम्रो शरीरलाई आवश्यक पर्ने पानीको मात्रा धेरै कुरामा निर्भर हुने बताउँछन्।
पर्याप्त पानी नपिउँदा जलवियोजन अर्थात् शरीरमा पानी कम हुने अवस्था आउन सक्छ भने अति धेरै पानी पिउँदा पनि शरीरमा हानि हुन्छ।
हाम्रो शरीरको तौलको झन्डै ६० प्रतिशत हिस्सा पानीले ओगट्छ। हाम्रा कोषहरू, अङ्गहरू, रगत र विभिन्न भागमा पानी हुन्छ।