बिराटनगरमा बेवारिशे शवको पहिचान, मृतक सुनिल सिंहको रूपमा खुलेको पुष्टि

0 Shares

बिराटनगर, जेठ १२ —
बिराटनगर ९ रंगेली रोडमा शनिवार एक बेवारिशे शव फेला परेको थियो। घटनाको जानकारी प्राप्त भएलगत्तै डिएस्पी अनमोल खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। टोलीले आवश्यक अनुसन्धान गर्दै शवको मुचुल्का उठाई शववाहनमार्फत पहिचानका लागि अस्पताल पुर्‍याइएको थियो।

सोही दिन जिल्ला प्रहरी कार्यालय मोरङले शवको पहिचान भएको जानकारी दिएको छ। मृतक ३५ वर्षीय सुनिल सिंह रहेको र उनी बिराटनगर–१६ का बासिन्दा रहेको प्रहरीले पुष्टि गरेको हो।

शवको पहिचान भएपछि सिंहका भाई अमर सिंहले शव बुझेर दाहसंस्कारका लागि लगेको प्रहरी कार्यालयले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ।

सम्बन्धित समाचारसबै