0
Shares
काठमाडौँ –चैत १५ गते राजावादीहरूको प्रदर्शनका क्रममा तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न रहेको भन्दै दुर्गा प्रसाईंसहित सात जनालाई जिल्ला अदालत काठमाण्डौले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
थुनामा पठाइएकामा प्रसाईंसहित तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल, केशव बस्नेत र कुमार तामाङ छन् । अदालतले अरू ३२ जनालाई धरौटीमा छोड्न आदेश दिएको छ ।