विभिन्न जिल्लामा ७ जना मृत अवस्थामा फेला

0 Shares

काठमाडौँ । विभिन्न जिल्लामा ७ जना मृत अवस्थामा फेला परेका छन् । बाँके, बर्दिया, महोत्तरी लगायतका जिल्लामा ७ जना मृतअवस्थामा फेला परेका हुन् ।

बाँकेको डुडुवा गाउँपालिका–५ बाउनबगैंचास्थित गोठ नजिकै सोही ठाउँ बस्ने ५८ वर्षीया दर्सनी परियार बुधबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै बर्दियाको बढैयाताल गाउँपालिका–४ खैरेनीस्थित मानखोलाको किनारमा नाम, थर र वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

उता महोत्तरीको जलेश्वर नगरपालिका–१ स्थित संसारीमाई पोखरीमा पनि एक पुरुष मृत फेला परेका छन् । सोही नगरपालिका– २ साउजीपट्टी डेरा गरी बस्ने सोही नगरपालिक–(८ सानो रतवाडा घर भएका ५५ वर्षीय रामचन्द्र मुखिया बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ जयरामघाटस्थित माइतिघर बस्ने महोत्तरी बर्दिबास नगरपालिका–११ खयरमारा घर भएकी २९ वर्षीया संन्जुमाया राई आफ्नै माइतीघरमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
उता सप्तरीको राजगढ गाउँपालिका–५ मलेखपुर कामत टोलस्थित धान खेतमा अन्दाजी ४५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । उनको हाल नाम, थर र वतन नखुलेको प्रहरीले जनाएको छ ।

त्यस्तै चितवनको भरतपुर महानगरपालिका–३ न्यूरोडस्थित सडक पेटीमा अन्दाजी ३५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । उनको हाल नाम, थर र वतन नखुलेको प्रहरीले जनाएको छ ।

उता सुनसरीको धरान उपमहानगरपालिका–८ शनिमन्दिर छेउमा अन्दाजी ४० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । उनको पनि हाल नाम, थर र वतन नखुलेको प्रहरीले जनाएको छ ।  सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीेले जनाएको छ ।

सम्बन्धित समाचारसबै