विराटनगर । सुनसरीको दुहवी—५ स्थित रहेको हनुमान मन्दिरको जग्गा नगरपालिका द्धारा हडप गरेको भन्दै हनुमान मन्दिर संरक्षण समितिले पत्रकार सम्मेलन गरेको छ ।
दुहबीमा रहेको यस मन्दिरको आठ कठ्ठा चार धुर जग्गा नगरपालिकाले हिन्दु स्वंयसेवक नेपाललाई छात्रबास बनाउनका निम्ती मन्दिरमा बस्दै आएका साधुहरुलाई खबर नै नगरि दिएको छ । जबरजस्ती त्यस जग्गामा संस्थाको मानिसहरु आएर असार १४ गतेको दिन शिल्यनास गरेको र रोक्न खोज्दा प्रहरी प्रशाशनको दमनमा बाबाहरु माथी हातपात समेत भएको राम सिता संन्त समाजका अध्यक्ष कुलेश्वर दासले बताए । अहिलेको अवस्थामा आएर मन्दिरहरुको संरक्षण गर्नुको सट्टा उल्टै जग्गाहरु हडप्ने कामहरु हुदै गईरहेका छन् भन्दै क्रोधित भए । सरकारहरुले लापरवाही गरेको र नेपालमा भएका मठ मन्दिरको अवस्थाको बारेमा कुनै पनि छानबिनहरु नभएको र यस्मा सरकारले ध्यान दिनु पर्ने बताए ।
मन्दिरको लागि जग्गा १०० वर्ष अगाडी भुपालमान सिहले दान गरेका थिए ।मन्दिरको जग्गा २६ कठ्ठा छ जस माध्य साढे १३ कठ्ठा जग्गामा पोखरी रहेको छ । पौराणिक काल देखिनै रहेको त्यस क्षेत्रमा थुप्रै प्राचिन काल देखि मन्दिरहरु रहेका छन् । जग्गामा साधु सन्त बस्दै आएको साथै त्यँहा गौशला पनि रहेको छ र अन्य जग्गामा त्यँहा बस्ने साधुहरुले अन्न बाली खेती गरि खाने गरिरहेका छन् । मन्दिरमा कन्यया दास , शिवचरण गौसाई , महा दास , दिवाकर चौधरी गरि चार जना बह्रमचारीहरु बिगत लामो समय देखि बस्दै आईरहेको र मन्दिर परिसरको रक्षा गरि पुजा अर्चना पनि हुदै आईरहेको समाजसेवी मनोज कुमार रौनियारले जानकारी दिए ।यसका साथै अन्य स्थलहरु बाट लामो दुखि गरेर मन्दिर दर्शन गर्न आउनेहरुको पनि कहिले काही त्यहाँ बसोबास हुने गरेका तर अहिले आएर नगपालिकाले मन्दिर जस्तो पबित्र स्थलको जग्गा हडप्ने काम भईरहेको गुनासो पोखे ।
। हाल सम्म नगरपलिकाले मन्दिरको लागि कहिले पनि आर्थिक सहयोग नगरेको तर अहिले आएर अचानक जग्गा हडप्ने काम अनुमती र आदेश बिना भएको उनले रौनियारले जानकारी दिए । उनले २०८०÷०३÷१२ मा निबेधन पेश गरेता पनि कुनै प्रतिक्रिया नआएको बताए । यस मन्दिरको संरक्षण होस् भनि पुर्व मुख्यमन्त्रि हिकमत कुमार कार्कीलाई ज्ञापन पत्र समेत बुझाईएको तर मन्त्रि फेरिए पस्चात मन्दिर संरक्षणको कुन कार्य नभएको बिषयमा उनले जानकारी दिए । धार्मीक स्थलको हस्तक्षेप बन्द गर्न र पुरानो ईतिहास बोकोका मठ मन्दिरहरुलाई मेटाउन यस्को संरक्षण गरि जोगाउन पर्छ भन्ने उनिहरुको उदेश्य रहेको बताए ।