निजी विद्यालयलाई गैरनाफामुलक बनाउनुपर्ने प्रस्ताव अस्वीकार्य: सांसद विना जैसवाल

0 Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना जैसवालले निजी विद्यालयलाई गैरनाफामुलक बनाउने कुराले नेपालमा शिक्षाको स्तर झनै खस्किने बताइन् ।

बिहीबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो बताए ।

उनले कम्पनी एक्टअनुसार सञ्चालन भइरहेको छ भने त्यसलाई गैरनाफामुलक कुरा सही नभएको बताइन् । उनले निजी विद्यालयहरूले नाफा नै नकमाउने हो भने अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिन नसक्ने जिकिर गरिन् ।

सांसद जैसवालले शिक्षा सेवामूलक मात्रै हुनुपर्ने भन्ने कुरा सही नभएको बताइन् ।

सम्बन्धित समाचारसबै