चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना, युवकको मृत्यु ||

0 Shares

काठमाडौँ । काठमाडौँको चन्द्रागिरिमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका-१ कालुपाण्डेस्थित सडकमा ज.१० प ७४९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा सोही नगरपालिका-१३ पुरानो नैकाप बस्ने महोत्तरी घर भएका मोटरसाइकल चालक २१ वर्षीय तुफेल आलमको मृत्यु भएको हो । आइतबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ  ।

 

 

 

 साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचारसबै