इस्कन विराटनगरले कृष्णजन्मअष्टमी भव्यातको साथ मनाउने

0 Shares

विराटनगर । कृष्णजन्मअष्टमीको अवसरमा विराटनगरमा रहेको इस्कोनले भव्यताको साथ मनाउने तयारी गरिरहेको छ ।

इस्कनले विराटनगर स्थित सिटी प्यालेसका मनाउने तयारी गरेको हो । कार्यक्रम बिहान देख आरती , हरे कृष्ण प्रवचन ,गुरु पुजा , भजग कृतन , कृष्ण कथा , कृष्णलाई अभिषेक , नाटक, सन्धया आरती लगायत रमाईलो गरि आयोजना हुने भएको इस्कन भक्त मनिषकुमार दासले जानकारी दिए ।

कार्यक्राम बिहान देखि रातीको १२ बजे सम्म आयोजना हुने भएको र त्यहा आउने भक्तजनहरुलाई रातको समय सम्म प्रसाद वितरण गरिने छ ।प्रत्येक भाद्र महिनामा कृष्ण जन्मेको अवसरमा देशभरमा रहेका कृष्ण मन्दिरमा पुजा आरधना गर्नेहरुको निकै नै घुईचो लाग्ने गर्द छ । त्यसको भोली पल्ट भग्वान कृष्णलाई रथमा हालेर परिक्रमा गर्ने चलन रहेको छ । विराटनगरमा एसियाकै दोस्रो ठुलो रथ यात्रा निक्लने गरिएको छ । भग्वान चैतन्य महा प्रभु स्वयम् कृष्ण भएकोले कलियुगमा स्वर्णयुग अवतारकोे रुपमा भक्ति सेवा सिद्धान्त सिकाउनको लागि प्रकट भएको इस्कोनको मान्यता रहेको छ ।

विराटनगर स्थित रहेको इस्कोनमा प्रतेक शनिबारको दिन मानिसहरुको प्रवचन सुन्नको लागि आउने गर्दछन् । विशेष गरि युवा युवतीहरुको सबै भन्दा ठुलो संख्या आउने गर्दछन्। कुनै पनि जातीय विभेद बिना सम्पुर्ण जीवात्माको हितको लागि इस्कोनले विभिन्न सेवा प्रधान गर्दै आइरहेको छ । अन्तराष्ट्रिय कृष्णभावना मृत संघ (इस्कन) आध्यात्मिक संस्थाको रुपमा भक्ती वेद्धान्त स्वामी प्रभुपादले सन् १९६६ मा स्थापना गर्नुभएको अन्तराष्ट्रिय संस्था हो । इस्कन विराटनगरले सात दिने भागवत् गिताको र्कोस समेत गर्ने गरेका छन् । यो र्कोस बाट सयौ मानिसहरु प्रभाभित हुनुको साथै कृष्ण भक्त समेत भएका छन् ।

यस इसकन संस्थाको मुख्य उद्धेश्य कृष्ण संँगको वास्तविकता सम्बन्धको चेतना महशुस गराउनु हो । लाखौ भक्तजनहरु इसकनमा आवद्ध भई आफ्नो आध्यात्मीक चेतनाको विकास गरी कृष्ण भग्वानको प्रचार गरिरहेका छन् ।

सम्बन्धित समाचारसबै