ताजा अपडेट : सामाजिक सञ्जाल बन्दको विरोधमा सडकमा जेन-जी

0 Shares

सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा ‘जेन–जी’ (सन् १९९७-सन् २०१२ सम्म जन्मिएको पुस्ता) को विरोध डिजिटल हुँदै सडकसम्म पुगेको छ । सोमबार बिहान ९ बजेदेखि काठमाडौँको माइतीघरमा भेला भएर उनीहरूले प्रदर्शन गरिरहेका छन् । यो आन्दोलनले कस्तो रूप लेला ? सरकारले कस्तो प्रतिक्रिया जनाउला ? हामी निरन्तर अपडेटमा रहनेछौं ।

वासोतीमा पनि विभिन्न कलेजमा अध्ययनरत विद्यार्थी भ्रष्टाचारको विरोधमा उत्रिएका छन् । कावासोतीको मध्यविन्दु, कुमारवर्ती र लुम्बिनी कलेजमा अध्ययनरत विद्यार्थी कावासोतीस्थित महेन्द्र राजमार्गमा प्रर्दशनमा छन् । भ्रष्ट सरकार मुर्दावाद, हाम्रो कर फिर्ता गर, भ्रष्टाचारी सार्वजनिक गर, जेन-जी आन्दोलन हाइहाई जस्ता नारा उनीहरुले लगाएका छन् ।

भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्दको विरोधमा उत्रिएका जेन-जीले काठमाडौंको माइतीघर क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । उनीहरूले ‘आवर फ्युचर इज नट फर सेल’, ‘से नो टु करप्सन’, ‘जेन-जी हेयर-फ्युचर क्लियर’ जस्ता प्ले-कार्ड बोकेका छन् । पछिल्ला केही दिनयता सामाजिक सञ्जालमा ‘नेपो किड’, ‘नेपो बेबिज’ ट्रेन्डमा थियो । सरकारले सामाजिक सञ्जालका केही प्लाटफर्म बन्द गर्ने निर्णय गरेसँगै यो ट्रेन्डले झन् धेरै गति लिएको हो।

सम्बन्धित समाचारसबै