गोल्डेनको निः शुल्क स्वास्थ्य शिविरमा १५०० जना भन्दा बढिले शेवा लिए

0 Shares

विराटनगर । इनरुवाको राजगढ गाँउपालिका स्थित जामिया रियाजुल उलुममा विराटनगर अवस्थित रहेको गोल्डेन अस्पतालले एक दिने निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ ।

शिविर भाद्र २३ गते शनिवारको दिन बिहान १० बजे बाट सुरु भएको हो । यस स्वाथ्य शिविरमा सिनियर फिजिसियन डा. श्याम कुमार रौनियार , वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. अजय महतो , नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. सन्तोष यादव द्धारा चेक जाँच गरिएको छ ।

शिविरमा करिब ६० प्रतिशत डा. रौनियार द्धारा चेक जाँच भएको छ भने हाल सम्म १५०० जना सर्वसाधरणहरुले शेवा लिएका छन् ।
प्रेसर , ज्ञ्यास, नशा रोग , हाडजोर्नी , फोक्सो , पेट , कुपोषण लागेका बच्चाहरुको उपचार भएको छ । शिविर कार्यक्रम ६ बजे सम्पन्न भएको अस्पतालका प्रबन्धक सुधिर सिह राठौरले जानकारी दिए ।

बिमारीहरुलाई चेक जाँचको क्रममा निःशुल्क औषधी वितरण गरिएको छ ।
यस गोल्डेन अस्पतालले विगत लामो समय देखि बिमारीहरुको राम्रो उपचार गर्दै आईरहेको छ । अस्पतालले विभिन्न स्थानहरुमा पुगेर शिविर संचालन गरि विमारीहरुलाई सेवा पुर्याउदै आईरहेको छ । यसका साथै गोल्डेन अस्पतालले विभिन्न रोगहरु बाट पिडित भएका विमारीहरुको सफलता पुर्वक उपचार गरि एउटा नमुना अस्पताल बन्दै गएको आम सर्वसाधरणहरुको बुझाइ रहेको छ ।

फोटाहरु :-

 

सम्बन्धित समाचारसबै