जुगेश दास सुनसरी ।
देवानगञ्ज गाउँपालिका भित्र रहेका बजारहरुमा अनुगमन तीब्र पारिएको छ ।
देवानगञ्ज गाउँपालिकाले चाडपर्वमा उपभोक्ता ठगिने सम्भावनालाई मध्यनजर गरी बजार अनुगमनलाई तीब्रता दिएका हो । बजार अनुगमन शाखाले बजारमा रहेका किराना पसल,मासु पसल र होटलहरुमा अनुगमन गरिरहेको छ । अनुगमनका क्रममा अधिकाँस किराना पसलहरू बन्द र किराना पसलमा म्याद गुज्रिएका सामाग्रीहरु भेटिएको खाध्य गुणस्तरीय मन्च ईनरूवाका अजय देवले जानकरी दिएकाे छ ।
बजार अनुगमनका क्रममा खाद्य बस्तुको म्याद, होटल र पसल दर्ता तथा नविकरण, होटलको सरसफाई खानाको गुणस्तर पेट्राेल पम्प लगायतका विषयमा अनुगमन गरिएको उनले बताए । खाध्य प्रविधि तथा गुण नियन्त्रणका प्राविधिक साहयक श्रजन जाेसीले कमजोरी भेटिएका होटल तथा पसलहरुमा सचेत गराउदै अखाद्य एवम् म्याद गुज्रिएका वस्तु भेटेमा जफत गरेर नष्ट गर्ने काम गरिरहेको बताए ।
चाँडबाडको समयमा बढ्दो कालोबजारी नियन्त्रण तथा सामानहरुको गुणस्तर, म्याद नाघेको ननाघेको , पसल दर्ता भएको नभएको, होटलहरुमा बेचिने खानेकुराहरुको गुणस्तरीयताको बारेमा अनुगमन गरेका छन् ।
बजार अनुगमनमा देवानगञ्ज गाउँपालिकाको प्रमुख प्रसासकिय अधिकृत रामराज पौडेल, देवानगञ्ज गाउँपालिकाकि उपाध्यक्ष विभा यादव, वडा अध्यक्ष जगनरायण मेहता, प्रसासन अधिकृत मचिन्द्र थलङ लिम्वु, स्वास्थ्य शाखा प्रमुख, आयुर्वेद शाखा प्रमुख जिव्छ पञ्जियार, ईलाका प्रसासन कार्यालय हरिनगरमा कार्यरत नायव सुब्बा रामप्रसाद निरौला, स्थानीय पत्रकार , ईलाका प्रहरी कार्यलय देवानगञ्जका इन्स्पेक्टर महेश भटराई लगायतको उपस्थितिमा अनुगमन गरिएकाे छ ।
