सुनसरीका पत्रकार मेहतालाई प्रधानाध्यापक र नेता भन्ने व्यक्ति बेचन द्वारा उठाईदिने धम्की

0 Shares

सुनसरी

सुनसरीमा एकजना पत्रकारलाई प्रधानाध्यापक र नेता भन्ने बेचन खत्वेले उठाईदिने धम्की दिएको छ । जिल्लाको देवानगञ्ज गाउँपालिका १ निवासी दर्शन एफएमका सञ्चालक तथा नागरिक अभियान अनलाईनका प्रबन्धक ३० वर्षिय विवेक कुमार मेहतालाई देवनागञ्ज २ घर बताउने बेचन खत्वेले उठाईदिने धम्की दिएको हो ।

खत्वेले पटकपटक समाचार र रेडियोको विषयलाई लिएर धम्की दिएको भन्दै पीडित मेहताले शान्ति सुरक्षा गरि पाउँ र दोषीमाथि कार्वाहीको माग गर्दै कार्तिक २ गते इलाका प्रहरी कार्यलाय, देवानगञ्ज, सुनसरीमा निवेदन दिनुभएको छ । प्रहरीमा २१० नम्बर दर्ता भएको निवेदनमा मेहताले भन्नुभएकोछ , “म निवदेक विवेक कुमार मेहतालाई देवानगञ्ज गाउँपालिका वडा नम्बर २ बस्ने आफूलाई प्रधानाध्यापक र नेता भन्ने बेचन खत्वेले आफुलाई समाचार र रेडियोको विषयमा धाकधम्की दिएले असुरक्षित भएको हुदाँ शान्ती सुरक्षा गरि पाउँ भनी निदेवन गर्न आएको छु । ”

निवेदनमा उल्लेख भएको विवरण अनुसार कार्तिक २ गते देवनागञ्ज गाउँपालिकामा काम विषेशले गएको बेला पीडक बेचन खत्वेले सत्य तथ्य कुरा नबुझी धम्की दिएको हो । देवानगञ्ज गाउँपालिका परिसर भित्र नै ज्यान मार्ने धम्की दिएको र परिसर बाहरी निस्कदाँ उठाईदिने, जे पनि गर्ने ? भन्दै अमाचकारी सहित तथानाम गालि गलौज गर्दै म सञ्चालन गर्दै आएको दर्शन एफ.एम.को टावर उडाइ दिने भन्दै खुलेआम धम्की दिएको हुदाँ मैले सञ्चालन गर्दै आएको एफ.एम. र सो एफ.एमको संचालक म र मेरो एफएममा काम गर्ने सबै कर्मचारी असुक्षित हुने देखिएको हुदाँ आवश्यक शान्ति सुरक्षा मिलाइ दिनुहुन हार्दिक अनुरोध गर्दछु ।

भनि उल्लेख गरिएको छ । पीडित मेहताले पीडक धम्की दिने , गालीगलौज गर्ने बेचन खत्वेलाई पक्राउ गरि कार्वाहीको लागि समेत जोडदान माग गर्दै निदेवन पेश गरेको जानकारी दिनुभयो । उता इन्सेक सुनसरीलाई समेत न्यायका लागि पहल गरि दिन भन्दै मेहताले निवेदन दिनुभएको छ । पीडक खत्वृेलाई उहाँको मोबाइल नम्बर ९८५२०३०५११ मा सम्पर्क गर्दा फोन उठाउनुभएन् ।

सामाचार श्रोत / साभार :https://jajnews.com/?p=8877&fbclid=IwAR3FsgmTpLX5_x3O1ijb88_NFfDvHzqPNfCznR8tNigcxqoD0HATIZDkSvY 

सम्बन्धित समाचारसबै