0
Shares
काठमाडौँ — पहिरोले राजमार्ग अवरुद्धसँगै हरियो तरकारीको मूल्य बढ्न थालेको छ । उपत्यका भित्रिने मुख्य नाका नागढुंगा– नारायणगढ सडकअर्न्तगत धादिङको जवाङखोला, चितवन तुइन खोलामा पहिरोले उपत्यकामा पर्याप्त तरकारी नभित्रिँदा मूल्य बढेको हो। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अहिलेको सिजनमा औसत दैनिक ७ सय टनसम्म तरकारी भित्रिनुपर्छ । तर आगमन न्यून छ ।
उपत्यकाको माग अनुसार भित्रिएको छैन । जसले गर्दा तरकारीको मूल्य होलसेलमै बढेको छ । ‘पछिल्लो समय मूल्य बढ्नुको कारण आपूर्तिमा कठिनाइ नै हो । तरकारी अन्य नाकाबाट भित्रिए पनि मुख्य नाका अवरुद्ध भएको छ । सहजरुपमा तरकारी भित्रिन सकेको छैन,’ समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने, ‘सोही कारण मूल्य बढेको छ ।’