जनता समाजवादी पार्टी नेपाल मोरङ जिल्ला को पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा मोरंग जिल्ला कार्यसमितिमा ५७ सदस्य सहित राकेश रोशन यादबलाइ मोरङ जिल्लाकै सुचना संचार एवम प्रचार बिभाग प्रमुख प्रवक्ताको जिम्मेवारी दिइएको छ।
राम बिलाश यादवको प्रमुख आतिथ्य र पुर्व मंत्री जयराम यादवको बिशिस्ट आतिथ्यमा ५७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको हो।
सुचना संचार एवम प्रचार बिभाग प्रमुख प्रवक्ताको जिम्मेवारी पाएका यादव उर्जाशील युवा , कर्मठ ,निष्ठावान र इमान्दार संगै जहिल्यै पनि कहिँ कतै पनि देश र पार्टीका लागि खरो आवाजमा आवाज बुलन्द गरिरहेका हुन्छन।
यादव स्थानियमा मात्र हैन मोरङ जिल्लाभरि नै कहिँ कतै समस्यामा परेका आम गरिब, असहाय र अपाङ्ग व्यक्तिहरुलाई निरन्तर रुपमा सहयोग गरिनैरहन्छन। उनले भने : ‘जब सम्म मेरो सास रहनछ यो देश मेरो जन्मभुमि हो र जन्मभूमिका हरेक नेपालि मेरा दाजुभाई दिदीबहिनीहरु हुन् तसर्थ मेरा परिवार हुन् सके सम्म सहयोग र आवाजबिहिनहरुको आवाज बनिरहन्छु ‘।