मालपोत कार्यालय धुलिखेलका खरिदाविरुद्ध भ्रष्टाचार मुद्दा

0 Shares

२८ असोज, काठमाडौं । काभ्रेको धुलिखेलस्थित मालपोत कार्यालयमा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

साविक दोलालघाट गाविस-७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएको जग्गा धनीको नाममा छुट दर्ताका लागि सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिएको आरोपमा आयोगले उनी विरुद्ध मुद्दा दायर गरेको हो ।

भण्डारीले सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा टंगलाबाट खटेको टोलीले उनलाई नियन्त्रणमा  लिएर अनुसन्धान गरेको थियो ।

अनुसन्धानको क्रममा भण्डारीले सेवाग्राहीसँग उक्त रकम लिएको देखिन आएकोले उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जारी गरेको विज्ञप्तिमा छ ।

सम्बन्धित समाचारसबै