काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश प्रतिक्रान्तितर्फ धकेलिएको बताएका छन् । बुधबार एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशलाई प्रतिक्रान्तितिर लैजानबाट रोक्नुपर्ने बताए ।
‘यदि हामीले प्रभावकारी रोक्न सकेनौ भने देश त्यतातिर धकेलिएको छ र देश बर्बादीतर्फ धकेलिएको छ’, ओलीले सम्बोधनको सुरुमै भने, ‘यस अवस्थालाई अविलम्ब लोकतान्त्रिक, जनपक्षीय, शान्तिपूर्ण, सुशासनयुक्त र विकासोन्मुख बाटोमा फर्काउनुपर्नेछ ।’
उनले जेनजी आन्दोलनमा एमाले प्रहारको निशाना बनेको पनि बताए । ‘हामी प्रहारको बढी निशानामा परेका छौ’, ओलीले भने, ‘किन निशाना परेका छौँ ? हामीले नराम्रा काम र नराम्रा नीति लिएर हो र, होइन । हाम्रा नीतिहरू राम्रा भएर हो ।’
उनले नेपाली कम्युनिस्ट आन्दोलन र नेकपा एमाले भन्दा के बुझ्छौ भन्दै एमाले स्थापनाकालदेखि कम्युनिस्ट आन्दोलनको मूलधारमा रहँदै आएको बताए ।’